समाचारसोमबार, २ आषाढ , २०७६

विद्युत् 'सर्ट' भएर पाँचवटा पसलमा आगलागी

रासस

टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् 'सर्ट' हुँदा पाँचवटा पसल जलेर नष्ट भएका छन् ।

टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् 'सर्ट' भएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नियन्त्रणमा लिएको जानकारी दिए ।

“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ,” उनले भने । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस