समाचारआइतबार, १ आषाढ , २०७६

प्रदेश २ मा ३८ अर्बको बजेट

हिमालखबर

प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आज प्रदेश सभामा पेश गरेको बजेटमा बजेटमा चालु तर्फ १९ अर्व ११ करोड ९७ लाख ३८ हजार र पूजिगत तर्फ १९ अर्व २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको छ।

प्रदेश २ मा चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पूँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ ।
प्रदेश २ ले बजेटमा गरीब, अतिविपन्न अल्पसङ्ख्यक समुदाय, कृषि, सरसफाइ, महिला शिक्षा, जनशक्ति उत्पादन, पर्यटकीय गन्तव्यको पहिचान र विकास तथा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिएको छ ।

त्यस्तै सङ्घीय सरकार तथा स्थानीय सरकारको साझेदारी, प्रदेश गौरवका आयोजना पहिचान गरी लगानीमा वृद्धि, प्रादेशिक सडक निर्माण, स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्धलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ ।

त्यसका लागि आन्तरिक राजस्वबाट रु १३ अर्ब, ५४ करोड, ३१ लाख, ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट रु १६ अर्ब १७ करोड, ७४ लाख र चालू आ।ब। बाट नगद मौज्दात हुने रु ७ अर्ब ७० करोड, ७२ लाख, ९२ हजार स्रोतको रुपमा राखिएको छ ।

त्यस्तै रु १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने जनाइको छ ।

प्रतिकृया दिनुहोस