समाचारआइतबार, १ आषाढ , २०७६

आगलागीबाट लाखौँको क्षति

रासस

दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

शनिबार राति १ बजे वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको छ ।

आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हुँदा गोठ पूर्णरूपमा जली नष्ट भएको छ ।

उक्त गोठमा रहेका तीन बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी बाट रु ४५ हजार बराबरको क्षति भएको छ भने आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस