पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन
नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ ।
शुक्रबार बिहान चितवन माडीमा रहेको आफ्नै घरमा हृदयाघात भएका पौडेललाई माडी अस्पताल लगिएको थियो ।
अस्पतालमा जाँचपछि डाक्टरले उनको निधन भइसकेको बताएका थिए ।
पौडेलको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ट्वीट मार्फत शोक व्यक्त गरेका छन् ।
श्रद्धाञ्जलीका लागि अध्यक्ष प्रचण्ड आजै चितवन जाने बताइएको छ ।
५४ वर्षीय पौडेल चितवन माडीका लोकप्रिय नेता थिए । उनका श्रीमती र दुई छोरी रहेका छन् । श्रीमती गंगा बेल्बासे राजनीतिमा सक्रिय रहेकी छन् ।