यातायात भाडा बढाउने निर्णय फिर्ता
सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता लिएको छ ।
यातायात व्यवस्था विभागले आज दिउँसो गरेको भाडा बढाउने निर्णय बेलुका फिर्ता गरेको हो ।
विभागले इन्धन र अन्य खर्चलाई तुलना गरेर प्राविधिक समितिको सिफारिस भन्दै १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि भाडा गरेको थियो ।
तर, थप अध्ययन गरेर ठोस निश्कर्षमा पुग्न आवस्यक भएको भन्दै बेलुका सूचना निकालेर भाडा वृद्धिको निर्णय कार्यान्वयन नहुने जनाएको छ ।
विभागका प्रवक्ता तिर्थराज खनालले विज्ञप्ती जारी गर्दै काठमाडौंको रिङरोडमा मालबहाक ढुवानीका साधनमा रोक लगाउने निर्णय र रात्रीकालीन सार्वजनिक यात्रुवहाक सवारी साधन सञ्चालन गर्ने निर्णय पनि तत्कालका लागि कार्यान्वयन नहुने बताएका छन् ।