प्रनेश गौतमलाई रिहा गरः चलचित्र समीक्षक समाज
चलचित्र समीक्षक समाज नेपालले प्रनेश गौतमलाई रिहा गर्न माग गरेको छ ।
समाजले आज विज्ञप्ति जारी गर्दै गौतमले बनाएको भिडियो ‘एब्सर्डिस्ट ह्यूमर’ शैलीको भएको भन्दै विद्युतीय कारोबार ऐन लगाएर हिरासतमा राख्नु गलत भएको बताएको हो ।
अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले समाजलाई जीवन्त र स्वतन्त्र बनाउने समाजको बुझाइ छ ।
भिडियोमा प्रयोग भएको व्यक्तिगत टिकाटिप्पणीकाबारे भने समर्थन नभएको समाजले जनाएको छ ।