सार्वजनिक यातायातको भाडा वृद्धि
सार्वजनिक सवारीसाधनमा १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि भएको छ ।
बिहीबार यातायात व्यवस्था विभागको बैठकले सार्वजनिक यातायातमा भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
विभागका प्रवक्ता तीर्थराज खनालले १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय भएको बताएका हुन् ।
मालसामान र यात्रु बोक्ने दुवैखाले यातायातमा भाडा बढेको पनि उनले बताए ।
इन्धन र अन्य खर्चलाई तुलना गरेर प्राविधिक समितिको सिफारिसमा वैज्ञानिकढंगले भाडा बढाइएको प्रवक्ता खनालले बताएका छन् ।
बढेको भाडा आगामी १ असारदेखि लागू हुने बताइएको छ।