प्रनेश गौतमलाई रिहा गर्न मानव अधिकार चलचित्र केन्द्रको माग
मानव अधिकार चलचित्र केन्द्रले प्रनेश गौतमलाई विना शर्त रिहा गर्न माग गरेको छ ।
प्रदर्शन भइसकेको चलचित्रबारे गरिएको ‘एब्सर्डिस्ट ह्यूमर’ शैलीको समीक्षाका आधारमा पक्राउ गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको भन्दै केन्द्रले गौतम रिहाइको माग गरेको हो ।
अनुसन्धानको नाममा प्रशासनिक अधिकारको दुरुपयोग गरी हिरासतमा राखेर मानसिक तनाव दिनु गलत भएको केन्द्रले जनाएको छ ।