भारतले पनि आफ्नो अन्तरिक्ष स्टेशन बनाउने
आईएसआरओ प्रमुख के सिवनले अब भारतले पनि आफ्नो छुट्टै अन्तरिक्ष स्टेशन बनाउने योजना बनाएको बताएका छन् ।
यो महत्वाकांक्षी प्रोजेक्ट गगनयान मिसनअन्तर्गत रहेको बताइन्छ । गगनयान प्रोजेक्टको घोषणा पीएम मोदीले गरेका थिए ।
भारतले अन्तरिक्षमा मानव पठाउने गगनयान मिसन पूरा भएपछि पनि यसलाई जारी राख्न आफ्नो अन्तरिक्ष स्टेशन तैयार गर्ने योजना बनाएको सिवनले बताएका छन् ।
भारतले गगनयान प्रोजेक्टअनुसार डिसेम्बर २०२१ सम्म मानिसलाई अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।
भारत यसै वर्ष चन्द्रयान २ चन्द्रमामा पठाउने तयारीमा छ।
–एजेन्सी