बन्द खुलेपछि बुटवलमा जनजीवन सामान्य बन्दै
लगातार ७ दिन लामो बन्द खुलेपछि आज बिहानैदेखि पश्चिमी व्यापारीक केन्द्र बुटवलमा चहलपहल शुरु भएको छ ।
५ नम्बर प्रदेश अन्तर्गतका पहाड र तराईका जिल्लालाई अलग नगर्न माग गर्दै सातादेखि बुटवल ठप्प थियो ।
बन्दका कारण गन्तव्यमा जान नपाएका यात्रुहरु गन्तव्यतिर जाने भीड लागेको छ । स्कूल, कलेज, बजार, उद्योग व्यवसाय खुलेका छन् ।
बजारमा किनमेल गर्नेहरु बिहानैदेखि बढेका छन् । बन्दले स्थानीय जनजीवन प्रभावित भएको भन्दै हिजो, २१ मंसीरमा संयुक्त संघर्ष समितिले मंसीर २६ गतेसम्मका लागि बन्द हड्ताल स्थगित गर्ने निर्णय गरेको थियो ।
समितिले सभा, बैठक, धर्ना दवाव मुलुक अन्य कार्यक्रमहरु भने जारी राख्ने बताएको छ ।
२६ गतेपछिको परिस्थिति अनुसार संघर्षका कार्यक्रम तय गर्ने उनीहरुले जनाएका छन् ।
दीपक ज्ञवाली