ओप्पोको रेनो सिरिज
ओप्पोले ‘रेनो’ सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । सिरिज अन्तर्गतको ‘रेनो १० एक्स जुम’मा सार्क फिन पप्अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १० एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप रहेको छ ।
यसमा एमोलेड जडान गरिएको ६.६५ इञ्च फूल एचडी, ओक्टाकोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर, एफर १.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स ५८६ सेन्सर लगायतका प्रिमियम विशेषता छन् ।
त्यस्तै ‘रेनो ५ जी–रेडी’ मा फूल–एचडी रेजोल्यूसन सहित ६.४ इञ्च एमोलेड डिस्प्ले छ । ८ जीबी ¥याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।