बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने
अमेरिकाको अल्बामा राज्यमा बलात्कारीलाई सजायस्वरुप जेलसँगै नपुसंक बनाउने सुई दिइने विधेयक पारित भएको छ ।
अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार यस्तो विधेयकमा हस्ताक्षर गरेकी हुन् ।
विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई यस्तो सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ ।
सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ भनिन्छ ।
सुई प्रयोग गर्न नमान्ने बलात्कारीलाई जेलबाट मुक्त नगरिने पनि विधेयकमा उल्लेख छ । यस्तो सुई भने दोषी आफैंले किन्नुपर्नेछ ।
तर, यस्तो सुई प्रयोग गर्ने अन्तिम निर्णय भने न्यायाधिशले गर्नेछन् ।
अलाबामा राज्यमा १ सेप्टेम्बर २०१९ देखि यो कानून लागू हुने बताइएको छ ।
अमेरिकाका ७ राज्यमा बाल यौन दुराचारीलाई यस्तो सुई दिने प्रावधान छ । समाचार संस्थाहरूका अनुसार दक्षिणकोरिया र इन्डोनेसियामा पनि यस्तो व्यवस्था छ । –एजेन्सी