भैरहवामा उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेलाई ताकेर गोली प्रहार, न्यौपाने सुरक्षित
सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुल प्रसाद न्यौपानेलाई ताकेर आज बेलुका गोली प्रहार भएको छ । यद्यपी न्यौपाने सकुशल नै छन् ।
भैरहवाको सिद्धार्थनगर गल्लामण्डीस्थित आफ्नै व्यवसायीक प्रतिष्ठानमा बसिरहेको समयमा मोटर साईकलमा आएका व्यक्तिबाट न्यौपाने माथि गोली प्रहार भएको हो । गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि उनी को हुन भन्ने बारे खुलाएको छैन ।
गोली छलिएकोले उनी सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । उनी दिनभर सिमांकनबिरुद्धको आन्दोलनमा सहभागि थिए ।
दीपक ज्ञवाली