मीम नेपालका प्रनेश गौतमलाई थप दुई दिन हिरासतमा राख्ने आदेश
काठमाडौं जिल्ला अदालतले प्रनेश गौतमलाई थप दुई दिन हिरासतमा राख्ने आदेश दिएको छ ।
गौतमले चलचित्र ‘वीर विक्रम–२’ को व्यङ्ग्यात्मक भिडियो समीक्षा गरेका थिए ।
उनको समीक्षाले चलचित्रको व्यवसायमा असर पुग्नुका साथै आफ्नो र कलाकारको प्रतिष्ठामा चोट पुगेको भन्दै ‘वीर विक्रम २’ का निर्माता/निर्देशक मिलन चाम्सले प्रनेश विरुद्ध उजुरी दिएका थिए ।
चाम्सको उजुरीपछि महानगरीय अपराध महाशाखाले २४ जेठमा गौतमलाई पक्राउ गरेको थियो ।
३ जेठमा प्रदर्शन भएको चलचित्रको पाँच दिनपछि यूट्युब च्यानल मीम नेपालमा समीक्षा भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा ‘क्रियटिभ क्रिटिसिजम’ प्रयोग भएको र त्यसमा साइबर क्राइमको मुद्दा आकर्षित नहुने भन्दै गौतम पक्राउको सर्वत्र विरोध भइरहेको छ ।
पक्राउकाे विराेधमा प्रदर्शन
गौतम रिहाइको माग गर्दै आज काठमाडौंमा प्रदर्शन समेत भएको छ ।
माइतीघर मण्डलमा भएकाे प्रदर्शनमा युवाहरुले अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै मुखमा टेप टाँसेर प्रनेश पक्राउको विरोध गरेका थिए ।
उनीहरुले 'नेपाली फिल्म इण्डस्ट्रिजको दादागिरी बन्द गर', 'नराम्रोलाई नराम्रो भन्न किन नपाउने ?' लगायतका प्ला कार्ड समेत प्रदर्शन गरेका थिए ।
पढ्नुहोस्ः
हेर्नुहोस् भिडियोः
Bir Bikram 2 The Movie Review That Trigger So Called Cyber Crime from Meme Nepal on Vimeo.