कैलालीलगायत सुदूरपश्चिममा पुनः भीषण हावाहुरी
केही दिनअघि मात्र हावाहुरीले ठूलो क्षति पुर्याएको कैलालीलगायत सुदूरपश्चिमका जिल्लामा बुधबार बिहान पुनः भीषण हावाहुरी चलेको छ ।
गत २३ जेठ बिहीबार आएको हावाहुरीबाट धनधन क्षति व्यहोरेका स्थानीयहरू फेरि आतंकित भएका छन् ।
पश्चिमी वायुका कारण बुधबार सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले हावाहुरी विस्तारै कम हुँदै गएको पनि महाशाखाले जनाएको छ ।
२३ जेठमा कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीले कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।
यसअघि आएको हावाहुरीबाट घर भत्किएर खुला आकाशमुनि पाल टाँगेर बसेकाहरू झनै बिचल्लीमा परेको बताइएको छ ।