बुटवल बन्द स्थगित, दवावमुलक कार्यक्रम जारी रहने
प्रदेश नम्बर पाँच टुक्राउन गरी ल्याईएको संशोधन प्रस्तावको विरोधमा गरिएको बुटबल केन्द्रित आन्दोलन स्थगित भएको छ ।
रुपन्देहीमा बसेको दलहरुको बैठकले २६ मंसिरसम्मको अल्टिमेटम दिदै बन्द हड्ताल नगर्ने तर दवाब मुलुक कार्यक्रमहरु जारी राख्ने निर्णय गरेको हो । २६ मंसिरपछिको परिस्थिति हेरेर आन्दोलनका थप कार्यक्रम तय गर्ने दलहरुले जनाएका छन् । सातासम्म शिक्षण संस्थाहरु लगायत सबै क्षेत्र ठप्प थिए ।
दीपक ज्ञवाली, बुटवल