अमेरिकी मोटरसाइकलमाथि भारतले लगाएको करप्रति ट्रम्पको आपत्ति
अमेरिकाबाट भारत आयात गरिने मोटरसाइकलमाथि भारतले लगाएको करप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् ।
राष्टपति ट्रम्पले भने, “हामीले भारत पठाएका मोटरसाइकलमा १०० प्रतिशत कर भारतले लगाउँछ । तर, हामी भारतले पठाएका मोटरसाइकलमा कुनै कर लगाउँदैनौं ।” ट्रम्पले भने, “यो अस्वीकार्य छ, यसबारेमा मोदीसँग कुराकानी भएको छ । हामी मूर्ख छैनौं ।”
राष्ट्रपति ट्रम्पले सोमबार सीबीसी न्यूजसँगको अन्तर्वार्तामा अमेरिकालाई अझै मूर्ख बनाउन नसकिने बताएका थिए ।
उनले भारत र नरेन्द्र मोदी असल मित्र भए पनि १०० प्रतिशत कर लगाएर मूर्ख बनाएको बताउँदै अब यो सह्य नहुने बताएका छन् ।
–एजेन्सी