प्रधानमन्त्री ओली बेलायतकाे औपचारिक भ्रमणका क्रममा लण्डनमा
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा बेलायतकाे राजधानी लण्डन आइपुगेका छन्।
ओली बेलायतका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा राजधानी लण्डन आएका हुन्।
स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरू उपस्थित थिए ।
प्रधानमन्त्री ओलीले मंगलबार आफ्ना बेलायती समकक्षी टेरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
बेलायती संसदमा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।
प्रधानमन्त्रीसँग आज नेपाली दूतावासमा गैरआवासीय नेपाली संगठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक संगठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्ने कार्यक्रम रहेको छ ।