चट्याङ लागेर सात महिला घाइते
डाेटीमा चट्याङ लागेर सातजना महिला घाइते भएका छन् ।
पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते भएका हुन् ।
घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जनाइएकाे छ ।