समाचारसोमबार, २७ जेठ , २०७६

प्रम ओली र टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

रासस

यूरोप भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

ओली र ओक्तेबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भएको बताइएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शङ्करदास बैरागीको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीको स्वीस महासङ्घका काउन्सिलरसमेत रहेका स्वीट्जरल्याण्डका वर्तमान गृहमन्त्री आलेँ बेरसे र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग साेमबार नै भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस