युवराज सिंहद्वारा अन्तर्राष्ट्रिय खेलबाट संन्यास
भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट संन्यास लिएको घोषणा गरेका छन् ।
भारतको मुम्बईमा सोमबार एक प्रेस कन्फ्रेन्स आयोजना गरी आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।
प्रेस कन्फ्रेन्समा पत्नी र आमासँग देखिएका युवराजले भने, “यो मेरो क्रिकेटबाट बिदा लिने सही समय हो ।” यसबारेमा आईपीएलका बेला सचिन तेन्दुलकरसँग यसबारे कुरा गरेको पनि बताए ।
युवराजले भने, “२५ वर्षसम्म २२ गजको यार्ड भित्र र बाहिर तथा १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेपछि मैले अगाडि बढ्ने निर्णय लिएको छु । क्रिकेटले मलाई कसरी लड्ने, कसरी उठ्ने र कसरी अगाडि बढ्ने सिकाएको छ ।”
उनले क्रिकेटमा धेरै उतारचढाव देखेको बताएका छन् । उनले सन् २०११ को वर्ल्डकप जित्ने आफ्नो सपना भएको बताए ।
उनले जिन्दगीमा कहिल्यै हार नमानेको पनि बताए । उनले अब क्यान्सरपीडितको मद्दत गर्ने इच्छा भएको बताए । उनले ऋषभ पन्त राम्रो खेलाडी रहेको र उनमा आफ्नो छवि देखेको पनि कन्फ्रेन्समा बताएका थिए ।
युवराज टिम इन्डियाको सार्टर फार्मेका सर्वश्रेष्ठ ब्याट्सम्यान थिए ।
उनले ४० टेस्ट, ३०४ वन डे तथा ५८ टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा भारतको प्रतिनिधित्व गरेका थिए ।
उनलाई भारतीय टिमलाई वर्लडकप २०११ को उपाधि दिलाउने सर्वश्रेष्ठ खेलाडिको श्रेय पनि छ ।
२०११ को वर्लडकपपछि उनी क्यान्सर रोगबाट पीडित भए । तरपनि खेलमा झैं क्यान्सरलाई जितेर उनी पुनः खेलमा फर्किएका थिए ।
–एजेन्सी