हुन्डाई फेष्टिभ डिलाइटका विजयीको घोषणा
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुण्डाई फेष्टिभ डिलाइट–२०७५’ का विजेताहरुलाई पुरस्कृत गरेको छ ।
हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयी बद्रिकुमार खड्कालाई क्रेटाको साँचो तथा भावना केसीलाई आई–२० एक्टिभको साँचो हस्तान्तरण गरेका हुन् । फेस्टिभ अन्तर्गत १०० जनाले १०÷१० ग्राम सुन समेत जितेका छन् ।
कम्पनीले हाल हुन्डाई गाडीका सबै मोडलमा तीनवर्ष वारेन्टी, चारवर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर लगायतको सुविधा दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले १५ शोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।