मालवाहक सवारी साधन सञ्चालनमा रोकप्रति चेम्बरको ध्यानाकर्षण
काठमाडौं उपत्यकामा मालवाहक सवारी साधनहरुलाई सञ्चालन तथा प्रवेशमा रोक लगाइएको सरकारी नियममा नेपाल चेम्बर अफ कमर्शले असहमति जनाएको छ ।
चेम्बरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पत्र लेखेर नयाँ सरकारी नियमले उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा असर पर्ने कारणले यसलाई सच्याउन माग गरेको हो ।
यसअघि यातायात व्यवस्था विभागले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज÷सरल तुल्याउन भन्दै सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजे देखि बेलुका ७ बजेसम्म आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएको बाहेक अन्य मालवाहक सवारी साधनहरुलाई सञ्चालन तथा प्रवेशमा रोक लगाएको थियो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पठाएको पत्रमा नयाँ व्यवस्थाले औद्योगिक उत्पादन लगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरु तथा निर्माण सामाग्रीकोे राजधानी भित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने उल्लेख छ ।
बेलुका ७ बजेपछि ढुवानी गर्न लोड–अनलोड गर्ने श्रमिकको अभाव, खुद्रा पसल बन्द भई सक्ने, सुरक्षाको प्रत्याभूति आदि कारणले व्यवधान गर्ने चेम्बरको दाबी छ ।