फ्रेञ्च ओपनमा नाडाललाई ऐतिहासिक १२ औं उपाधि
स्पेनी टेनिस खेलाडी राफेल नाडालले फ्रेन्च ओपन टेनिसको १२ औं उपाधि हात पारेका छन् ।
उनले यो उपाधि हात पार्न विश्व वरियतामा चौथो चौथो स्थानमा रहेका अस्ट्रियाका डोमेनिक थिएमलाई आइतबारको फाइनलमा ६-३, ५-७, ६-१ र ६-१ ले हराएका थिए ।
नाडालले यो सहित् फ्रेन्च ओपनको लगातार तेस्रो वर्ष उपाधि कब्जा गर्न सफल भएका छन् ।
यससँगै नाडालले टेनिसको महत्वपूर्ण ग्राण्ड स्लाम उपाधि संख्या १८ पुर्याएका छन् । छन् । उनी यस उपाधिमा स्वीस खेलाडी रोजर फेडररभन्दा २ उपाधिले तल छन् ।
“एकदमै अविश्वसनीय, म धेरै धेरै खुसी छु”, जीतपछि नाडालले भने, “तपाई यसलाई सपना भन्न सक्नुहुन्न, किनकि म यस्तो कुराको सपना नै देख्दिन ।”
उनले चोटबाट ग्रस्त आफूले एक महीनाअघिसम्म कोर्टमा उत्रन्छु भन्ने समेत नसोचेको बताए । –एजेन्सी