विख्यात चलचित्रकर्मी गिरीश कर्नाडको निधन
भारतका चर्चित अभिनेता, निर्देशक, नाटककार, लेखक एवं मुखर अभियन्ता गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ ।
सन् १०६० को दशकमा दक्षिण भारतमा नाट्यलेखनबाट आफ्नो कलायात्रा थालेका कर्नाडले सन् १९७० मा ‘संस्कार’बाट फिल्ममा हात हालेका थिए । खासगरी उनी लोककथामा रुचि राख्थे ।
कर्नाडको अन्तिम फिल्म पनि कन्नड भाषामै बनेको थियो, जुन २७ अगष्टमा रिलिज भएको थियो । बलिउडमा उनी अभिनित अन्तिम फिल्म ‘टाइटर जिन्दा हे’ (सन् २०१७) रहेको छ ।
कर्नाड जीवनकालमा जातिय र धार्मिक उग्रवादको विरोधी रहे । सन्र १९९२ मा बाबरी मस्जिद आक्रमणका विरोधी उनी राष्ट्रिय स्वयंसेवक संघ, भारतीय जनता पार्टी, प्रधानमन्त्री नरेन्द्र मोदीको प्रखर आलोचक थिए ।
आफ्नो कला योगदानका लागि कर्नाडलाई ज्ञानपीठ पुरस्कार, साहित्य अकादमी पुरस्कार, पद्मश्री, पद्म भूषण, संगीत नाटक अकाद्मी पुरस्कार, कन्नड साहित्य अकादमी पुरस्कारलगायत प्रदान गरिएको थियो ।
कन्नड भाषामा तब्बालियू मगाने, ओंदानोंदु, कलादाली, चेलुवी, कादु, कन्नुडु हेगादिती जस्ता उनका फिल्म चर्चित रहे । नाटकमा उनी निर्देशित ययाति, नागमन्डल, अग्नि और बरखा, अञ्जु मल्लिगे, अन्ग्निमतु माले, हयवदन, तुंगलक विशेष ठानिन्छन् ।
कन्नड र अंग्रेजी भाषामा दुवैमा पोख्त कर्नाडले अनुवादमा विशेष योगदान दिएका छन् । निशान्त (१९७५), मन्थन (१९७६), पुकार (२०००), इकबाल (२००५), डोर (२००६), आशाएं (२०१०)लगायतमा अहम् भूमिकामा थिए ।
कर्नाडको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन् । - एजेन्सी