कला/साहित्यसोमबार, २७ जेठ , २०७६

सांगीतिक यात्राको ५० औं वर्षगाँठकाे अवसरमा ‘दीप श्रेष्ठ एकल साँझ’ 

हिमालखबर

वरिष्ठ गायक दीप श्रेष्ठले आफ्नो सांगीतिक यात्राको ५० औं वर्षगाँठको अवसरमा आयाेजित सांस्कृतिक एकल गायन साँझमा प्रस्तुति दिएका छन्।

ठमेलको चक्सीबारीस्थित हाङफुक साराङ कोरियाना रेस्टुरेन्टले आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशका अवसरमा श्रेष्ठको सम्मानमा ‘दीप श्रेष्ठ एकल साँझ’ सांगीतिक कार्यक्रम आयोजना गरेको थियो ।

श्रेष्ठले आफ्नो करियरको सुरुवाती गीत ‘म पत्थरको देवता होइन तोडिएर जोडिने’बाट गायन सुरु गरेका थिए ।

वरिष्ठ गायकले २०२५ सालमा यही गीतबाट आफ्नोे सांगीतिक यात्रा सुरु गरेका थिए । गायक श्रेष्ठले एकल साँझमा करीब २० वटा गीत गाएका थिए भने एकल साँझमा श्रेष्ठकी छोरी दृष्टि श्रेष्ठले पनि साथ दिएकी थिइन् ।

श्रेष्ठको सांगीतिक यात्राको ५० औं वर्षगाँठको अवसरमा केक काटेर आयोजक पाना गुरुङले श्रेष्ठलाई केक खुवाएका थिए । श्रेष्ठलाई ढाकाटोपी पनि उपहार प्रदान गरिएको थियो ।

श्रेष्ठको ५०औं सांगीतिक वर्षगाँठ मनाउन उनकी पत्नी, दुई छोरी, गायक योगेश्वर अमात्य, संगीतकार न्ह्यु बज्राचार्य, गायक उदय सोताङ, भीम लिम्बू, श्रेष्ठका फ्यानहरू लगायत कार्यक्रममा उपस्थित थिए ।

 

प्रतिकृया दिनुहोस