मृगौला पीडित किशोरीलाई दश लाख सहयोग
मृगौला पीडित तेह्रथुमको फाक्चमारा गाविस–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई सहयोग प्रदान गरिएको छ ।
दुबै मृगौला काम गर्न छोडेपछि खिनमाया समस्यामा परेकी थिइन । आर्थिक अवस्था कमजोर भएकी खिनमायाका लागि तेह्रथुम हङकङ मञ्चले आर्थिक संलकन गरेर सहयोग पठाएको हो । हङकङमा मञ्चका अध्यक्ष देवेन्द्र खापुङ, खगेन्द्र हाङ तिगेला, राजु तिगेला र नेपालमा प्रदीप थापाको संयोजनमा संकलन गरिएको सहयोग २० मंसिरमा खिनमायालाई हस्तान्तरण गरिएको छ ।
रु.१० लाख ६७ हजार ५१ खिनमायालाई हस्तान्तरण गरिएको धरान–१६ सुम्निमाचोक घर भइ हाल काठमाडौमा बस्दै आएका प्रदीप थापाले बताए । बानेश्वरस्थित भेनस इन्टरनेसनल अस्पतालमा डायलासिस गरिरहेकी खिनमायाको केही दिनपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने भएको छ । उनकी आमा भीमकुमारी लिम्बुले मृगौला दिन लागेको बताएकी छन् ।