भोटोजात्राकाे राैनक (फोटोफिचर)
- मोनिका देउपाला
काठमाडाैं उपत्यकाकाे सबैभन्दा लामाे जात्राकाे रुपमा रहेकाे रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ ।
ललितपुरको जावलाखेलमा गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले भोटो देखाए ।
जात्राका लागि रातो मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको थियो ।
रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । परम्परा अनुसार पौडेलले दिउँसो ५ः२२ बजे बजेदेखि तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाए ।
राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा रहेकोले राष्ट्रपति विद्यादेवी भण्डारी पनि जात्रामा सरिक भएकी थिइन् ।
कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, लगायत सहभागी थिए ।
भोटो देखाउनुपूर्व नेवारी पहिरहनमा सजिएका महिलाले नेवारी नृत्य प्रदर्शन गरेका थिए ।
गुठी संस्थानका प्रमुख पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास रहिआएको उल्लेख गरे । जात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका जिल्लाबाट समेत जात्रालु सहभागी थिए ।
भोटो जात्रा सम्पन्न भएपछि आजै साँझ स्थानीय युवाले रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती फर्काएका छन् भने मछिन्द्रनाथको रथसँगै रहने मीननाथको रथलाई टंगालतर्फ लगिएको छ ।
उपत्यकावासी नेवार समुदायको विशेष पर्वको रूपमा रहेकाे भोटो जात्राको दिन सरकारले उपत्यकाका सरकारी कार्यालयहरूमा सार्वजनिक विदा दिएको थियो ।