काठमाडौंमा तीन दिने 'आइओटी' प्रदर्शनी
कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन सफ्ट्वरीका कलेजले काठमाण्डाैंमा तीनदिने 'आइओटी' प्रदर्शनी गर्ने भएको छ ।
२१ जेठदेखि बिहिबार सम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि स्मार्ट स्कुल/कलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटल/रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना तयार गरिएको छ ।
प्रदर्शनीका लागि स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले करिब ८० वटा स्मार्ट सोलुसनका मोड्युल तयार पारेका छन् ।
प्रदर्शनी अवधिमा तिनै दिन आइ.टि.मा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिने कलेजले जनाएको छ ।
लायतको 'आइटी' सम्बन्धि प्रसिद्ध कभेन्ट्री युनिभसिर्टीका ‘एकेडेमिक पाटर्नरसिप म्यानेजर’ एबी लिटलरले कार्यशालाको संयोजन गर्ने छन् ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आइ.टि. क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।
प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका सिनियर लेक्चर मनोज श्रेष्ठ बताउँछन् ।
३ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए ।