समाचारआइतबार, २६ जेठ , २०७६

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् : काङ्ग्रेस नेता सिंह

रासस

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई जनताले विश्वास नगर्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सि‌हले काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव नभएको बताए । 

“इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ”, उनले भने ।

काङ्ग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि काङ्ग्रेसकै भएको उनको भनाइ छ ।

नेता सिंहले प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनी गरेका टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको बताए ।  

प्रतिकृया दिनुहोस