चितवनको चुम्लिङटारमा बस र ट्यांकर जुध्दा १८ घाइते
चितवनमा गोरखाबाट काठमाडौं जाने यात्रुवाहक बस र एक ट्यांकर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना१क ६४११ नं को ट्यांकर र गोरखाबाट काठमाडौं जाँदै गरेको ना४ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।
घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये छजनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले दुवै बस र ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।