गुठी विधेयक विरुद्धका प्रदर्शनकारीमाथि पानीको फोहोरा
गुठी विधेयकबारेको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।
सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतबार प्रदर्शन भएको हो ।
माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हो ।
गुठी विधेयकले धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै खारेजीको माग गर्दै विभिन्न संघसंस्थाको अगुवाइमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।