थप समाचारशुक्रबार, २४ जेठ , २०७६

पहिलो विदेश भ्रमणका क्रममा भुटान पुगे जयशङ्कर

रासस

विदेशमन्त्री भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भूटान आएका जयशङ्करले शुक्रबार प्रधानमन्त्रीलाई निमन्त्रणा गरेका हुन् ।

तस्वीर : क्याच न्युज डटकम

भेटपछि ट्वीट गर्दै उनले दुई पक्षीय हित र साझेदारीका विषयमा भेटवार्ता उपलब्धिमूलक नै भएको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भूटानी समकक्षीलाई निमन्त्रणा पत्र दिएको पनि ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

भूटान विमस्टेक राष्ट्रहरूको सदस्य भएकाले गत ३० मेमा भएको प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा भूटानी प्रधानमन्त्री पनि सहभागी भएका थिए ।

गत ३१ मेमा भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाएका जयशङ्करले भूटान भ्रमणका क्रममा उनका समकक्षी डा. तान्डी दोर्जीलाई पनि भेटेका छन् ।

उनीहरूका बीचमा पनि आपसी हित, साझा चासो र संयुक्त क्रियाकलापका बारेमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

दुई दिने भ्रमणको सिलसिलामा भारतीय विदेशमन्त्री जयशङ्करले भूटानका राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुकलगायत अन्य विशिष्ट व्यक्तिलाई पनि भेटेका थिए ।

प्रतिकृया दिनुहोस