‘पीडित’ युवतीको अन्तर्वार्ता: ‘नेमारले कुटपिट र बलात्कार गरे’
नाजिला त्रिन्दाजी नामकी एक मोडलले आफूमाथि फुटबल खेलाडी नेमारद्वारा कुटपिट र बलात्कार भएको दाबी गरेकी छन्।
टेलिभिजन च्यानल एसबीटी ब्रसिललाई एक अन्तर्वार्ता दिंदै १५ मेमा प्यारिसको होटलमा आफूमाथि उक्त घटना भएको उनले अन्तर्वार्तामा बताएकी हुन् ।
विश्वकै महंगा फुटबल खेलाडी नेमारविरुद्ध गत शुक्रवार उनले आफूलाई बलात्कार गरेको उजुरी पनि दर्ता गरेकी थिइन् ।
नेमारले उक्त आरोपको खण्डन गर्दै आफू निर्दोष भएको प्रमाणसहित एक भिडियो पनि सार्वजनिक गरेका छन् ।
त्रिन्दाजीले आफू नेमारप्रति आकर्षित भएको कुरा बताएकी छन् । साथै, उनले नेमारसँग सम्भोग गर्ने इच्छा राखेको पनि स्वीकार गरेकी छन् ।
आफूलाई विमानबाट प्यारिस पुर्याइएको र होटलमा राखिएको बताइन् । उनले होटलको खर्च नेमारको भएको पनि बताइन् ।
अन्तर्वार्तामा उक्त घटना कुन थियाे भन्ने प्रश्नमा “त्याे कुटपिट र बलात्कार दुवै थियो” भन्ने त्रिन्दाजीको जवाफ थियो ।
भेटेपछि नेमार “निकै आक्रामक पाएको र फोनमा सन्देश आदानप्रदान गर्दाको केटाभन्दा निकै भिन्न पाएको” पनि उनले अन्तर्वार्तामा बताएकी थिइन्।
पहिला आपसी सहमतिमा सम्भोग गर्न तयार रहेको, आफूले कन्डम प्रयोग गर्न आग्रह गरेको तर नेमारले त्यसो गर्न अस्वीकार गरेको त्रिन्दाजीले बताइन् ।
तर फेरि नेमार आक्रामक भएको र आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी छन् ।
नेमारलाई उक्त कार्य रोक्न आफूले भनेको तर उनले अस्वीकार गरेको पनि त्रिन्दाजीले बताइन् ।
–एजेन्सी