खेलकुदबिहिबार, २३ जेठ , २०७६

नेपाल र चाइनिज ताइपेई बराबरी, अभिषेक रिजालको गोल

हिमालखबर

नेपालले बलियो चाइनिज ताइपेईलाई एक–एकको बराबरीमा रोकेको छ ।

बिहीबार दिउँसो चाइनिज ताइपेईकै घरेलु मैदानमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै नेपालले बराबरी खेलेको हो ।

ताइपेई फिफा बरियतामा १२५ औं स्थानमा छ भने नेपाल १६१औं ।

नेपालका लागि अभिषेक रिजालले खेलको ६९ औं मिनेटमा गोल फर्काएका थिए ।

यसअघि मेलेसियासँगको खेलमा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका रिजाललाई आजको खेलमा पनि स्थान दिइएको थियो ।

सन्तोष तामाङको फ्रि–किकमा हेडरमार्फत रिजालले गोल गरेका हुन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

यसअघि खेलको पहिलो हाफको ३९ औं मिनेटमा ताइपेइले हेडरमार्फत नै गोल गरेको थियो ।

नेपालले यसअघि मलेसियासँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो ।

प्रतिकृया दिनुहोस