तारे होटलको सेवासहित ब्याङ्क्वेट सञ्चालनमा
काठमाडौंको चाबहिलस्थित केएल टावरमा तारे होटलको सेवासहित 'इम्पेरियल ब्याङ्क्वेट' सञ्चालनमा आएको छ ।
टावरको नवौँ तलामा सञ्चालनमा आएको ब्याङ्क्वेटले तारे होटल बराबरको सेवा प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुप शर्मा बताउँछन्।
लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा खानाको गुणस्तर र भेराइटीका आधारमा इम्पेरियल काठमाडौं उपत्यकाको उत्कृष्ट ब्याङ्क्वेट भएको शर्मा दाबी गर्छन् ।
इम्पेरियल ब्याङ्क्वेटमा ५० देखि दुई हजारजनासम्मको पार्टी आयोजना गर्न सकिने गरी हल तयार गरिएको छ ।