कला/साहित्यबिहिबार, २३ जेठ , २०७६

सलमान खानको ‘भारत’ लाई पहिलो दिनमै ४२ करोड

हिमालखबर

तस्वीर : फिल्म कम्पेनियन इन

सलमान खानले खेलेका सिनेमामध्ये ‘भारत’ रिलिज भएकाे पहिलो दिनमा सबभन्दा बढी कमाउने सिनेमा भएको छ ।

ईदको अवसरमा रिलिज भएको ‘भारत’ले पहिलो दिनमै ४२.३० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

कलाकारहरू सलमान खान, कैटरिना कैफ, दिशा पटानी, सुनील ग्रोवर र ज्याकी श्राफ रहेको चलचित्रको निर्देशन अली अब्बास जफरले निर्देशन गरेका हुन्।

सिनेमा ईदको अवसर अर्थात बुधबार रिलिज भएको थियो।

सलमान खान अभिनित सिनेमाले पहिलो दिनमा गरेको कमाइ–

दबंग– १४.५० करोड, बडिगार्ड– २१.६०, एक था टाइगर– ३२.९३, किक– २६.४०, बजरंगी भाइजान– २७.२५, सुल्तान– ३६.५४, ट्युबलाइट–२१.१५, रेस–२९.१७, भारत– ४२.३० ।

–एजेन्सी

प्रतिकृया दिनुहोस