जापानमा 'हाई हील'को विरोधमा ‘ह्यासट्याग कूटू’ अभियान
जापानमा अफिस, होटल, रेस्टुरेन्टहरूमा अनिवार्यजस्तै लगाउनुपर्ने हाई हीलका विरुद्ध अनलाइन अभियान ‘ह्यासट्याग कूटू’ शुरु भएको छ ।
यो अभियानको गम्भीरतालाई मनन गरी जापानी श्रम मन्त्रालय कानूनी रूपमा नै रोजगारदाताको मनोमानीलाई रोक्न कानून बनाउने प्रक्रियामा रहेको बताइएको छ ।
यो अभियान जापानकी अभिनेत्री तथा स्वतन्त्र लेखिका युमी इशिकावाले शुरु गरेकी हुन् । अहिलेसम्म यसमा १९ हजार महिला अभियानमा आबद्ध भएका छन् ।
अभियानको नाम ‘ह्यासट्याग मीटू’ जस्तै गरी ‘ह्यासट्याग कूटू’ राखिएको छ । यो ह्यासट्याग कूटू अभियान जापानी शब्द कुत्सु र कुत्सूबाट लिइएको हो । जसको अर्थ क्रमशः जुत्ता र पीडा हुन्छ । नामले नै महिलाको पीडा बोलेको छ ।
युमी इशिकावाले संसारभरि नै लैंगिक भेदभावका विरुद्ध मुद्दा उठाइरहेको मीटूबाट प्रेरित भएर नै स्यान्डिलसँग भएको भेदभावका विरुद्ध कूटू अभियान शुरु गरिएको बताइन् ।
जापानका होटल, अफिसलगायतमा काम गर्ने महिलालाई हाई हील लगाउनुपर्ने अनिवार्य शर्त बनिसकेको छ । र, अग्ला हीललाई डे«सकोड मान्ने गरिएको छ ।
आठ\दश घण्टासम्म हाई हील लगाएर काम गर्नुपर्दा महिलालाई ठूलो सास्ती हुने गरेको छ ।
युमी याशिकावाले यस अभियानलाई कानूनी लडाइँमा बदल्ने कदम उठाएकी छन् । उनले अफिसहरूमा महिलालाई ‘हाई हील’ अनिवार्य लगाउनुपर्ने नियम बनाएकाहरू विरुद्ध श्रम मन्त्रालयमा एक उजूरी दिएकी छन् ।
उजूरीमा दबाब दिने रोजगारदाताहरूलाई कारबाहीको माग गरिएको छ । –एजेन्सी