द ब्रिटिश कलेजको रोजगार मेला सम्पन्न
काठमाडौंस्थित द ब्रिटिश कलेजले एक दिने रोजगार मेलाको आयोजना गरेको छ ।
कलेजमा अध्ययनरत र अध्ययन सकाएका विद्यार्थीको लागि आयोजना गरिएको मेलामा १५ रोजगारदाता कम्पनी सहभागी थिए ।
मेलाले विद्यार्थीलाई व्यवसायीक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सघाउ पुर्याको कलेजको दाबी छ ।
सिर्जनशीलता र अन्वेषणलाई मलजल गर्दै विकास र समृद्धिको युगमा विद्यार्थीमा व्यवसायिकताको विकास गर्नु रोजगार मेलाको उद्देश्य रहेको कलेजको भनाइ छ ।
मेलामा ब्रेन डिजिट, क्लाउड फ्याक्ट्री, प्रिमियर इन्सुरेन्स, क्लासिक टेक, आईएमएस ग्रुप, आइटोनिक्स नेपाल, सिप्रदी ट्रेडिङ, भेरिस्क नेपाल, पेप्सी, चौधरी ग्रुप लगायतका कम्पनीहरूको सहभागिता थियो ।
कलेजले गत हप्ता मात्रै विद्यार्थीको लागि बायोडाटा र आवेदनपत्र लेखन कार्यशाला समेत चलाएको थियो । मेरो जब डटकमसँगको सहकार्यमा चलाइएको उक्त कार्यशालामा विद्यार्थीलाई सिर्जनात्मक सोचका साथ अन्तर्वार्ताको सामना गर्न र सञ्चार सीपको विकासको प्रशिक्षण दिइएको थियो ।