रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा क्यापिटलबीच सम्झौता
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटडबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार रिलायन्सले सर्वसाधारणका लागि जारी गर्ने रु. ६३ करोड रकम बराबरकोे शेयरको बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटलले पाएको छ ।
सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्सले ८८ वटा शाखा/उपशाखा मार्फत देशभर जीवन बीमा सेवा प्रवाह गरिरहेको छ ।