मेगा ब्याङ्कका ग्राहकलाई कतार एअरवेजमा छूट
कतार एअरवेजले मेगा ब्याङ्क नेपाल लिमिटेडका ग्राहकलाई हवाई यात्रामा विशेष छूट दिने भएको छ । एअरवेज र ब्याङ्कबीच भएको सम्झौता अनुसार, एअरवेजले ब्याङकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छूट दिने भएको छ । यो छूट कतार एयरवेजको उडान हुने १६० वटै देशमा लागू हुने छ ।
नेपालबाट कतार एअरवेजको सेवा लिन चाहने ग्राहकले काठमाडौँको हात्तिसारस्थित कर्पोरेट कार्यालयबाट मेगा ब्याङ्कको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन् । त्यस्तै, मेगा स्मार्ट मोबाइल ब्याङ्किङमार्फत पनि टिकट खरीद गर्न सकिने छ । ब्याङ्कका क्रेडिटकार्ड प्रयोगकर्तालाई मासिक किस्तामा समेत टिकट उपलब्ध हुने जनाइएको छ ।