ज्येष्ठ नागरिक भत्ता ३ हजार, आगामी वर्ष ‘बृक्षरोपण वर्ष’
सरकारले ज्येष्ठ नागरिकको भत्ता दुई हजारबाट बढाएर तीन हजार रुपैंया पुर्याएको छ ।
बुधबार संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले ज्येष्ठ नागरिक भत्तामा एक हजार रुपैंया वृद्धि गरिएको बताएका हुन् ।
खतिवडाले बजेटमा आगामी वर्ष युवा वैज्ञानिक सम्मेलन गरिने, बादी महिलाका लागि आवास कार्यक्रम ल्याइने, सबै प्रदेशमा दिवा शिशु केन्द्र सञ्चालन गरिनेजस्ता कार्यक्रमको पनि घोषणा गरेका छन् ।
यसैगरी सरकारले उखु उत्पादक किसानलाई उत्पादनको आधारमा ९५ करोड अनुदान पनि दिने भएको छ ।
सबै प्रदेशमा नमूना कृषि फार्म स्थापनामा प्रोत्साहन गरिने, कृषि सीप सिकेर वैदेशिक रोजगारीबाट फर्केकालाई अग्र्यानिक खेतीका लागि प्रोत्साहन गरिने, कृषिमा मोबाइल एपको प्रयोगमा प्रोत्साहन गरिने, सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गरिने, एक स्थानीय तहमा एक कृषि प्रविधि उपलब्ध गराइने घोषणा पनि गरिएको छ ।
बजेट भाषणमा अर्थमन्त्रीले आगामी वर्ष बृक्षरोपण वर्षका रुपमा मनाइने पनि घोषणा गरे ।
बजेट भाषण जारी छ ।