संविधान संशोधन विधेयक महत्वपूर्ण कदमः भारत
संविधानसभाबाट संविधान जारी हुदा मौन रहेको भारतले संविधान संशोधन विधेयकलाई महत्वपूर्ण कदम भनेको छ ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ताले १९ मंसिरमा प्रेस विज्ञप्ती जारी गरी व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई ‘महत्वपूर्ण कदम’ भनेर उल्लेख गरेको छ ।
सरकारले १४ मंसिरमा संसदमा संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको छ । त्यसयता नेकपा (एमाले)को विरोधका कारण संसद अवरुद्ध हुदै आएको छ भने ५ नं. प्रदेशमा विरोध प्रदर्शन हुदै आएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सबै क्षेत्रलाई समेट्ने गरी सरकारले चालेकको कदमलाई समर्थन रहेको जनाएको छ । नजिकको छिमेकीको नाताले नेपालको शान्ति, स्थायित्व र विकासमा भारतको सदवै सहयोग रहने विज्ञप्तीमा जनाएको छ ।