ललितपुरका दुई स्थानमा प्रेसरकुकर बम
ललितपुरका दुई स्थानमा प्रेसरकुकर बम भेटिएको प्रहरीले बताएकाे छ।
राजधानी काठमाडाैका सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएर तीनजनाको मृत्यु भएको केहीबेरमा ललितपुरमा बम भेटिएको प्रहरीले बताएकाे हाे।
लगनखेल र ग्वार्कोमा को बसपार्कमा प्रेसर कुकर बम राखिएको प्रहरीले जनाएको छ। विस्फोटक पदार्थ भेटिएपछि सुरक्षाकर्मीहरुको टोली घटनास्थल पुगेको छ।
नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा एकपछि अर्को विस्फोटमा ज्यान गएपछि फेरि बम भेटिएकाे सूचनाले सर्वसाधारण आतंकित बनेका छन्।