विस्फाेटमा विप्लव समूहकाे संलग्नता, मृत्यु हुनेकाे संख्या ४ पुग्याे
सुकेधारा र घट्टेकुलो दुवै घटनास्थलमा एक\एकजनाको मृत्यु भएको छ भने ओम अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।
ओम अस्पतालमा मृत्यु हुने सुकेधारा विस्फोटका घाइते हुन् । ओम अस्पतालमा अरु ५ जना घाइतेको उपचार भइरहेको छ ।
घट्टेकुलो विस्फोटमा घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनी विप्लव माओवादीको विद्यार्थी संगठनका त्रिचन्द्र कलेज अध्यक्ष भएकाे बताइएकाे छ ।
घटनास्थलबाट प्रहरीले उक्त समूहले जेठ १३ गते आयोजना गरेको नेपाल बन्दका पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ।
दुवै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ ।
सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।