आज देशभरका अदालतमा शाेक बिदा
पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन् ।
सर्वोच्च अदालतले खत्रीको शोकमा आज एक दिन अदालत बन्द गर्ने निर्णय गरेको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए ।
निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा खत्रीको निधनले मुलुकको न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।
९६ वर्षका खत्रीको ९ जेठमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी अल्जाइमर रोगका बिरामी थिए ।
खत्री २४ साउन २०३३ देखि २५ मङ्सिर २०४२ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका थिए ।
२००९ सालमा कानून मन्त्रालयको सचिव रहेका उनी २०३१ मा प्रेस काउन्सिल नेपालको अध्यक्ष, २०४३ मा चीनको लागि नेपाली राजदूत र २०५७ सालमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष समेत भएका थिए ।