माेदी संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन
लोकसभा चुनावको परिणाम आएपछि शनिबार नेशनल डेमाेक्रेटिक एलाइन्स (एनडीए) संसदीय दलको बैठकबाट नरेन्द्र मोदी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।
अब उनलाई गठबन्धन दलले प्रधानमन्त्री चयन गर्नेछ । यसअघि बीजेपी संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको थियो ।
शिरोमणि अकाली दलका नेता प्रकाशसिंह बादलले पार्टीका तर्फबाट नरेन्द्र मोदीलाई गठबन्धन दलको नेताकाे प्रस्तावलाई समर्थन गरेका थिए ।
कार्यक्रममा बीजेपी अध्यक्ष अमित शाहलगायतले नरेन्द्र मोदीलाई बधाई दिएका थिए ।
समर्थन गर्ने एनडीएका अन्य नेतामा जेडियूका नेता नीतीश कुमार एलजेपीका नेता रामविलाश पासवान, एआईएडीएमके आदि दल कार्यक्रममा उपस्थित थिए ।