अमेरिकी राष्ट्रपति जापानमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चारदिने औपचारिक भ्रमणका लागि शनिबार जापान पुगेका छन् ।
जापान र अमेरिका दुवैतर्फका अधिकारीहरूले जापानका राष्ट्रपति आबे सिन्जो र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्बन्ध रहेको जनाएका छन् ।
भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरूले जनाएका छन् ।
यसअघिका राजाले स्वास्थ्यको कारण देखाउँदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका छन् ।
सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान आएका हुन् । जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए ।
ट्रम्पका एकजना वरिष्ठ अधिकारीले भनेका छन्, “दुई नेताहरू एक–अर्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनुभएको छ, यसैबाट उहाँहरूको सम्बन्ध कस्तो छ भन्ने थाहा हुन्छ ।”
जापानका एकजना उच्च कूटनीतिक अधिकारीले पनि दुई देशका शीर्ष नेताहरूको लगातारको भेटघाटले उनीहरूको सम्बन्ध अद्भूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन् ।
अमेरिका र चीनबीचकाे चिसिदाे व्यापार सम्बन्ध तथा इरान–अमेरिकाबीच तनाव बढिरहेका बेला भएकाे याे भंमणलाई कूटनीतिक रुपमा हेरिएकाे छ ।