बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा
युरोपेली संघबाट बाहिरिने शर्त सम्बन्धी सहमति संसदबाट अस्वीकृत गरेपछि बेलायती प्रधानन्त्री टेरेशा मेले राजीनामाको घोषणा गरेकी छन् ।
प्रधानमन्त्री कार्यालयमा भावुक सम्बोधन गर्दै मेले सन् २०१६ को यूरोपेली संघ सम्बन्धी जनमत संग्रहको सम्मानमा आफूले राम्रो काम गरेको दाबी गरिन् ।
आफूले ब्रेक्जिटलाई पूर्णता दिने प्रयास गरेपनि सफलता नमिलेको बताइन् ।
र, नयाँ नेताको चुनाव नहुन्जेल आफू प्रधानमन्त्री रहने जानकारी पनि दिइन् ।
जनवरी यता प्रधानमन्त्री मेले संघबाट बाहिरिने शर्तका बारेमा यूरोपेली संघसँग गरेका तीनवटा सहमतिलाई बेलायती संसदले अस्वीकार गरेको थियो ।
सहमति पारित गराउन उनले विपक्षी लेबर दलसँग सहमति गर्न खोजे पनि असफल भएपछि राजीनामाको विकल्प रोजेकी हुन् । राजीनामापछि सत्तारुढ दललाई नयाँ नेता छान्न केही साता लाग्नेछ ।