मुक्तिनाथ विकास ब्याङ्कको डेपुटी सिईओमा बज्राचार्य नियुक्त
मुक्तिनाथ विकास ब्याङ्क लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका बज्राचार्य यसअघि गण्डकी विकास ब्याङ्कको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
बज्राचार्यसँग विभिन्न ब्याङ्क तथा वित्तीय संस्थामा करीब १८ वर्ष काम गरेको अनुभव छ ।
ब्याङ्कले ११४ शाखा र २२ वटा एटीएम मार्फत सेवा दिंदै आइरहेको छ ।